"Stay Home Stay Safe"

आदरणीय अभिभावक ज्यू,कोरोना भाइरसको विश्वब्यापी प्रकोपका कारण नेपालभर लकडाउनको अवस्था छ । यो अवस्था अझै लम्बिने संकेत पनि देखिएको छ । यो लकडाउनले विद्यालयहरुको शैक्षिक क्यालेण्डर पनि प्रभावित बन्ने निश्चित छ । हाम्रा शैक्षिक गतिविधि संचालन हुन र सुचारु हुन अझै केही समय लाग्नेछ । शैक्षिक सत्र शुरु हुने कहिलेबाट हो केही निश्चित छैन । यसर्थ यसले बालबालिकाको अध्ययनलाई पनि असर पुर्याउने निश्चितै छ । तरपनि हामी त्यसको यथोचित ब्यवस्थापन गर्नेछौं । यस संकटको घडिमा हामीले धैर्य धारण गर्नु भन्दा अर्को विकल्प छैन । बालबालिकाहरुलाई घरमै राख्नुहोला । उनीहरुलाई घरमा भएका कथा, निबन्ध, कविता आदिका किताब, पुराना पत्र पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित उपयोगी कुराहरु पढ्न लगाउनुहोला । परीक्षाको नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको शुरुवात सम्बन्धि पूर्व सूचित सबै कार्यक्रमहरु स्थगित भएको हुनाले यो लकडाउन समाप्त हुनासाथ हामी यहाँहरुलाई सूचित गर्नेछौं । यहाँहरु सबै सुरक्षित हुनुहुन्छ भन्ने अपेक्षा छ । घरमै बसौं , सुरक्षित रहौं । सरकारी निर्देशनको पालना गरौं । आत्मबल बलियो बनाऔ । यस महामारीलाई सबै मिलि सामना गरौं । धन्यवाद । मञ्जु चित्रकार प्रधानाध्यापक एवं श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत मा. वि. परिवार ,नुवाकोट

आदरणीय अभिभावक ज्यू,


                     कोरोना भाइरसको विश्वब्यापी प्रकोपका कारण नेपालभर लकडाउनको अवस्था छ । यो अवस्था अझै लम्बिने संकेत पनि देखिएको छ । यो लकडाउनले विद्यालयहरुको शैक्षिक क्यालेण्डर पनि प्रभावित बन्ने निश्चित छ । हाम्रा शैक्षिक गतिविधि संचालन हुन र सुचारु हुन अझै केही समय लाग्नेछ । शैक्षिक सत्र शुरु हुने कहिलेबाट हो केही निश्चित छैन । यसर्थ यसले बालबालिकाको अध्ययनलाई पनि असर पुर्याउने निश्चितै छ । तरपनि हामी त्यसको यथोचित ब्यवस्थापन गर्नेछौं ।


यस संकटको घडिमा हामीले धैर्य धारण गर्नु भन्दा अर्को विकल्प छैन । बालबालिकाहरुलाई घरमै राख्नुहोला । उनीहरुलाई घरमा भएका कथा, निबन्ध, कविता आदिका किताब, पुराना पत्र पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित उपयोगी कुराहरु पढ्न लगाउनुहोला । परीक्षाको नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको शुरुवात सम्बन्धि पूर्व सूचित सबै कार्यक्रमहरु स्थगित भएको हुनाले यो लकडाउन समाप्त हुनासाथ हामी यहाँहरुलाई सूचित गर्नेछौं ।

यहाँहरु सबै सुरक्षित हुनुहुन्छ भन्ने अपेक्षा छ । घरमै बसौं , सुरक्षित रहौं । सरकारी निर्देशनको पालना गरौं । आत्मबल बलियो बनाऔ । यस महामारीलाई सबै मिलि सामना गरौं । धन्यवाद ।



  मञ्जु चित्रकार   
प्रधानाध्यापक
एवं
श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत मा. वि. परिवार ,नुवाकोट



Camera is a responsive/adaptive slideshow. Try to resize the browser window
It uses a light version of jQuery mobile, navigate the slides by swiping with your fingers
It's completely free (even though a donation is appreciated)
Camera slideshow provides many options to customize your project as more as possible
It supports captions, HTML elements and videos.

Archives

Total Pageviews

Contact Form

Send